06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमाले महाधिवेशनः आचारसंहिता जारी, प्यानल बनाएर प्रचार गर्न नपाइने




एमाले महाधिवेशनः आचारसंहिता जारी, प्यानल बनाएर प्रचार गर्न नपाइने

चितवन, ११ मंसिर । नेकपा एमालेले दशौँ महाधिवेशनको लागि आचारसंहिता बनाएको छ । एमालेको केन्द्रीय निर्वाचन समितिले जारी गरेको आचारसंहिता अनुसार महाधिवेशन स्थल र वरपर जाँडरक्सी र धुम्रपान सेवनमा कडाइ गरिएको छ ।

निर्वाचन क्षेत्रभित्र कुनै पनि प्रकारको धुम्रपान, मद्यपान र लागुऔषध सेवन गर्न नपाइने, भ्रम सृजना हुने र निर्वाचनमा अवरोध हुने कार्य गर्न नपाइने, मतदानमा जान वञ्चित गराउने क्रियाकलाप गर्न नहुने आचारसंहितामा उल्लेख छ । 

यस्तै नेपाल सरकारका वा प्रदेश सरकारका मन्त्रीहरू, पूर्व मन्त्रीहरु, राजनीतिक नियुक्ति पाएका व्यक्तिहरू, जनप्रतिनिधिमूलक निकायमा निर्वाचित वा मनोनित पदाधिकारीहरू, पार्टीका उपल्लो निकायमा रहेका नेता समेतले निर्वाचन कार्यलाई प्रभावित गर्ने उद्देश्यले पदीय हैसियतको दुरूपयोग हुनेगरी उम्मेदवारको पक्ष वा विपक्षमा मतदान गर्ने कार्यका लागि कसैलाई प्रभावमा पार्न वा प्रभावित पार्ने उद्देश्यले कुनै कार्य गर्न पाइने छैन ।

मतदान कार्य सुरू भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचार–प्रसार हुने गरी सामान्य भिजिट कार्ड आकारको पर्चा आकारका भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न, प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन, समूहगत रुपमा छुट्टै भेला बैठक गर्न÷गराउन पाइने छैन ।

यस्तै,  कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरी वा कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन पाइने छैन ।

हेर्नुहोस् 



Related News


यसमा तपाइको मत


Comments