16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 कोरोनाको नयाँ प्रजातिबारे छलफल गर्न सीसीएमसी बैठक बस्दै




 कोरोनाको नयाँ प्रजातिबारे छलफल गर्न सीसीएमसी बैठक बस्दै


काठमाडौं, १२ मंसिर । सरकारले कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाउने तयारी गरेको छ ।
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ। बैठकमा स्वास्थ्य विज्ञहरुको समेतद सहभागिता रहने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ।

बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ।


 




यसमा तपाइको मत


Comments