13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जर्मनी र इटलीमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित




जर्मनी र इटलीमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित


एजेन्सी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित युरोपका थप मुलुकमा पनि भेटिएका छन् । बेलायत, जर्मनी र इटली सहितका केही मुलुकमा ओमिक्रोनका संक्रमित फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । शनिबार बेलायतका २ जना व्यक्तिमा नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट आएका २ जनामा ओमिक्रोन देखिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले बताएका हुन् ।

त्यस्तै, जर्मनीमा समेत नोभेमबर २४ गते दक्षिण अफ्रिकाबाट आएका २ यात्रुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको म्युनिखस्थित माइक्रोबायोलोजी केन्द्र म्याक भोन पेटेनकोभरले बताएको छ ।

इटलीमा पनि मोजाम्बिकबाट फर्किएका एक व्यक्ति ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको र दुई बालबालिकासहित परिवारका अन्य पाँच सदस्यमा समेत कोरोना संक्रमण पुष्टि भएको त्यहाँको समाचार माध्यम लाप्रेसेले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments