08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमाले महाधिवेशनः बढ्यो डेढ करोड खर्च 




एमाले महाधिवेशनः बढ्यो डेढ करोड खर्च 


काठमाडौं, १४ मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार निर्धारितभन्दा दुई दिन महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको हो । 

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदान सकिएको भएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान भर्खर सकिएको हो । करिब २२ सय प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गरेका छन् । चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । 




यसमा तपाइको मत


Comments