04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ




साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ


काठमाडौं, १४ मंसिर । काठमाडौं कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ परेका छन् ।  काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् ।  काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । 




यसमा तपाइको मत


Comments