15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सरकारले ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने




सरकारले ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने


काठमाडौं, १४ मंसिर । सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने भएको छ। 
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार भेटघाटमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले  ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्न लागिएको बताए । 

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको संक्रमण छ वा छैन भनेर निगरानी गरिरहेको जनाएको छ।




यसमा तपाइको मत


Comments