06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सर्वोच्चमा आजदेखि गोलाप्रथाबाट इजलास तोकिँदै




सर्वोच्चमा आजदेखि गोलाप्रथाबाट इजलास तोकिँदै

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट इजलास तोकिँदै छ । योसँगै इजलास निर्धारण गर्दा प्रधानन्यायाधीशको एकल तोडिँदै छ । अब न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास पाउनेछन् ।

आधुनिक नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट हुन लागेको गोलाप्रथा प्रक्रियाको माग गरी सर्वोच्चका न्यायाधीशहरु एक महिनाभन्दा लामो समयदेखि आन्दोलनमा थिए । उनीहरु ३७ दिनपछि इजलासमा फर्किँदैछन् ।

अब सर्वोच्चको इजलासका लागि न्यायाधीशहरुले वरिष्ठताका आधारमा गोला तान्ने र मुद्दाका लागि पुनः अर्को गोला तानेर निर्धारण गरेपछि मात्रै सुनुवाइ सुरु हुनेछ । गोला प्रक्रियालाई पारदर्शी बनाउन सर्वोच्च अदालतको सीसीटिभी क्यामरामा समेत सुरक्षित राखिने बताइएको छ ।



Related News


यसमा तपाइको मत


Comments