07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मौसममा सुधार आउँदै, चिसो बढ्यो




मौसममा सुधार आउँदै, चिसो बढ्यो


काठमाडौं, १५ पुस । देशभरको मौसममा क्रमिक सुधार आएको छ ।  हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । बुधबार दिनभर देशका धेरैजसो ठाउँमा पानी परेको थियो ।

उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ । आजदेखि क्रमिक रुपमा मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाडौंसहित देशका केही ठाउँमा घाम लाग्ने छ । पहाडी क्षेत्रमा केही ठाउँमा भने सामान्य बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।

यसैबीच, काठमाण्डौको अधिकतम तापक्रम हिजो एकैदिन सात डिग्री सेल्सियसले घटेको छ । काठमाडौंको अधिकतम तापक्रम हिजो ८ दशमलव १ डिग्री सेल्सियसमा झरेको थियो ।

अस्ति १५ दशमलव २ डिग्री सेल्सियस थियो । आज भने दिउँसो घाम लाग्ने सम्भावना रहेकाले अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ ।

यस्तै, आज काठमाडौंको बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
 




यसमा तपाइको मत


Comments