11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सीमान्तकृत, जनजाति, अछूत र कोरोना ?




सीमान्तकृत, जनजाति, अछूत र कोरोना ?

डा.अरुणा उप्रेती

कैलालीकी १२ वर्षकी ५ कक्षामा पढ्ने सञ्जना थारूकी आमाले बुबाले धेरै रक्सी खाने भएकाले छाडेर गइन् । बाबु रक्सीखाएर मातिएपछि केही मतलबै गर्दैनन् । ‘साबुन र चर्पी’ त यो परिवारकालागि ‘विलासिता’ बराबर हो । साबुनले हात धुनुपर्छ भन्ने थाहा पाएर के गर्नु घरमै नभए पछि! त्यसकारण खरानी नै प्रयोग हुन्छ ।

बर्दिया र सुदूरपश्चिमका केहीगाउँका मानिससँग मैले १ महिनाअघि नै सोधेकीथिएँ, ‘तपाईंहरूकहाँ चर्पी छ ?’ केही विशेष समुदायका ७०प्रतिशत परिवारमा चर्पी नभएको र नित्यकर्मगर्न झाडी, जंगलजाने, तर ‘बच्चालाई घरनजिकै दिसापिसाब गराउने’ चलन भएको पत्ता लाग्यो । त्यहाँका सरकारी स्कुलमा पनि प्रायः ‘भएमाचर्पी अति नै फोहोर, पानी नभएकाले प्रायःजंगलमै’ दिसापिसाब फेर्न जाने गरेकोकिशोर÷किशोरीले बताए ।

स्कुलमाजाँदा प्रायःशिक्षकका लागि ‘भिन्दै शौचालय भएका र ताल्चा लगाएर राखिएका’ फेला परे । त्यहाँका शौचालयबारे समुदायसँग छलफल गर्दा थाहाभयो– ज्ञान नभएर होइनकि शौचालय बनाउने ठाउँ नभएर ‘जंगलमा शौच’गर्न जान परेको, कसैकसैका घरमा भएका शौचालयचाहिँ पानी नभएर तथा फोहोर भएर गन्हाउने हुनाले प्रयोग नगरेको, नजिकै जंगल छ,किन घरको चर्पी प्रयोग गर्ने भन्ने विचारले नगरेको भन्नेहरू पनि पाइयो । यस्तो जवाफप्रायःदलित, मुसहर, पूर्वकमैया समुदायबाट आयो ।

विभिन्न समुदायमा साबुन र चर्पी नहुनु अहिलेको सरकारले नगरेर आएको समस्या होइन । यो त सयौं वर्ष अगाडि देखि राज्य, कानुन, समाजले गरेको व्यवहारको प्रतिफल हो । त्यसैले अहिले सरकारले यो गरेन, त्यो गरेन भनेर प्रतिपक्षले धारे हात लगाउनै पर्दैन । पञ्चायतकालमा आफ्नो हातमा सत्ताभएका बेलापञ्चहरूले सीमान्तकृत समुदायलाई अघि बढाउन एक पाइलापनि चालेनन् । ४६ सालपछि सबभन्दा बढी सरकारमा बसेको कांग्रेसले पनि आफ्ना घोषणापत्रमा त अनेक लेख्यो, तर व्यवहारमा‘सीमान्तकृत, जनजाति, अछूत’ आदिको विकासकालागि कुनै काम गरेन । उनीहरूको पहुँचमा साधारण मनवीय सुविधापनि पुगेन ।

४६ सालदेखि अहिलेसम्मपनि ‘मुसहर, डोम, चमारहरू पढ्न नगएको, उनीहरूको स्वास्थ्य राम्रो नभएको, बालविवाहभएको, बच्चाहरू झाडापखाला लागेर मर्ने गरेको’बारेमा कांग्रेसकाकुनै नेताले चासो देखाएको पाइन्न । मुसहर र चमारकै बस्तीनजिक बस्ने मधेसका नेताले नै ‘चमार÷पासवान’कालागिकुनै काम गरेनन् । चमार र मुसहरकालागि ४६ भन्दा अघि र पछिको परिस्थितिखासै फरकभएन ।वामपन्थी सत्तामा झल्याकझुलुक आउँदा ‘केही हुन्छ कि जस्तो लाग्ने’ गथ्र्यो । तर वाम नेताकाआँखापनि मधेसका नेताका जस्तै मुसहर, चमार, वादी समुदायमा पुगेन ।

त्यसैले कांग्रेसी सरकारका पालामा ‘सम्पूर्ण साक्षर’ भनिएकाजिल्लाका दलित र सीमान्तकृत समुदायकामानिसलाई अहिले पनि पढ्न आउँदैन । समुदाय चर्पी विहीन भएकाले ’खुल्ला दिसा मुक्त’ छैन । कागजमा घोषित ‘खुल्ला दिसा मुक्त’ले झाडापखाला र आउँ रोक्दैन । तर तराईका राजनीतिक नेतायो कुरा बुझ्दैनन् र रट लगाइरहन्छन्– ‘हामीले चर्पी बनाउन पैसा, प्रेरणा दिएका छौं । सबै ठाउँमा चर्पी छ ।’ राजनीतिक नेता साँच्चै आफ्नो भनाइमा विश्वस्त छन् भनेम आग्रह गर्छु– ‘आउनुस् सँगै विभिन्न मुसहर बस्तीमा गएर हेरौं, चर्पी छन् कि छैनन् ?’

कोरोना भाइरसको महामारी फैलिएका बेला‘चर्पी र साबुन’ त झन् एक बलियो हतियार हुन सक्छ–संक्रमण रोक्ने । कतिपय समुदायमा त साबुनले हात धुनुपर्छ भन्ने सन्देश नै पुगेको छैन होला, पुगे पनि साबुनन भए खरानी प्रयोग गरिहाल्छौं भन्ने विचार पनि छ होला। तर यसले जनस्वास्थ्यमा कस्तो असर पर्ला ?

साबुनप्रयोग नगरिँदा त कोरोना भाइरस मात्र होइन,अन्यविभिन्नस्वास्थ्य समस्या आउँछन् । लुतो, जुम्रा, घाउखटिरा, पखाला, आउँ, हैजा आदि गर्मी महिनामाहुने समस्या त एउटा परिवारमा मात्र सीमित हुँदैन । यो त समुदायमापनि फैलिन्छ । तर पनि यस्तो संक्रमण सीमान्तकृत समुदायमा फैलिने सम्भावना बढी हुन्छ ।

(यो लेख हामीले डा. उप्रेतीको फेसबुकबाट साभार गरेका हौं )



Related News


यसमा तपाइको मत


Comments