13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ललिपुरमा पहिलो पटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने




ललिपुरमा पहिलो पटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने


ललितपुर, १९ फागुन । ललितपुर जिल्लामै पहिलो अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ ले ‘अपटाउन म्यूजिक फेस्टिभल’ गर्ने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिभल यही शुक्रबार देखि ललितपुरको झम्सिखेलमा हुन लागेको हो । म्युजिक फेस्टिभल तीन महिनासम्म हुने छ ।

पब तथा क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि खुलेका छन्  भन्ने सन्देश दिन फेस्टिबलको आयोजना गरिएको अपटाउन लाउन्ज एण्ड क्लबका अध्यक्ष आदित्य मिश्रले जानकारी दिए । फेस्टिभलमा दीपक बज्राचार्य, सबिन राई एण्ड द फरोह, नवीन के। भट्टराई एण्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एण्ड द न्यू रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति रहनेछ ।

यसबाहेक हरी महर्जन प्रोजेक्ट, बिजेन, बलेन, द ब्रिज, द इलिमेन्ट्स, कान्ता डब डब र रचना दाहालको समेत प्रस्तुति रहनेछ । उनीहरुबाहेक रिदिम सङ्स, एलएसडी, ट्राई टोन, द सोल नेपाल, कंक्रिट जंगल, द हाइ सिक्स एण्ड बी फ्ल्याट र अडियो स्क्वाडले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

यी कलाकारबाहेक आरोन, डेञ्जोङ, मोनिका, रेसेस र मनिकको पनि प्रस्तुति हुनेछ । आयोजकका अनुसार फेस्टिबलमा तीन भिन्न देशका करिब २६ कलाकारले आफ्नो प्रस्तुती दिनेछन् । सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने अपटाउन नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्ज हो । यसमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक, आरजिवी स्टीपसहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । तीन वटा उच्च स्तरीय ठूलो पर्दाको एलईडि स्क्रीनको समेत व्यवस्था गरिएको अपटाउनमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् ।

अपटाउनमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गर्न हलहरुको ब्यवस्था छ । लाउन्जमा टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुमलगायतको व्यवस्था छ । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा छ । फेस्टिभलको सुभारम्भ गायक दीपक बज्राचार्यले गर्नेछन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । 




यसमा तपाइको मत


Comments