27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, २६ वैशाख। घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्धको अन्तिम तथा तेस्रो अभ्यास खेलमा जित निकालेको छ। सोमबार सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो। जिम्बावेले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। योसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेल २–१ ले जितेको छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो।