08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रीलङ्कामा रोकिएन प्रदर्शन : भोलिसम्म कर्फ्यु लम्बियो




श्रीलङ्कामा रोकिएन प्रदर्शन  : भोलिसम्म कर्फ्यु लम्बियो

एजेन्सी । श्रीलङ्कामा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिए पनि प्रदर्शन भने रोकिएको छैन । सोमबार प्रधानमन्त्री महिन्दाले दिएको राजीनामा गएराति राष्ट्रपति गोटाबाया राजापाक्षेले स्वीकृत गरेका थिए ।  सरकार विरुद्धको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशव्यापी कर्फ्युको घोषणा गरिएको छ ।

हिजो बिहान भएको हिंसात्मक प्रदर्शनमा एक सांसदसहित दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले महिन्दा राजापाक्षेको पुरानो घर जलाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सोमवार रातिदेखि मङ्गलवारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काको सरकारले जनाएको छ । श्रीलङ्कामा आर्थिक सङ्कट झनै गहिरिएको छ। आर्थिक सङ्कट र त्यसपछि सुरु भएको प्रदर्शनका कारण मन्त्री तथा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । 



Related News


यसमा तपाइको मत


Comments