13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इजरायली सेनाको क्रस फायरिङ, अल जजिराकी पत्रकार शिरिनको मृत्यु




इजरायली सेनाको क्रस फायरिङ,  अल जजिराकी पत्रकार शिरिनको मृत्यु

एजेन्सी ।  अल–जजीराकी एक पत्रकारलाई बुधबार बिहान इजराइली बलले ओगटेको वेस्ट बैंक सहर जेनिनमा इजरायली आक्रमणबारे समाचार कभर गर्ने क्रममा गोली हानी हत्या गरिएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो । अरबी भाषा च्यानलका लागि प्रसिद्ध प्यालेस्टिनी रिपोर्टर शिरिन अबू अक्लेहलाई गोली हानिएको र लगत्तै उनको मृत्यु भएको बताइएको छ । जेरुसेलममा रहेको अल–कुड्स अखबारका लागि काम गर्ने अर्का प्यालेस्टिनी पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ ।

स्वास्थ्य मन्त्रालयले पत्रकारहरू इजरायली गोलीबारीबाट प्रभावित भएको बताएको छ । सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन ।



Related News


यसमा तपाइको मत


Comments