12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

स्थानीय तहको निर्वाचन : मतदान देशभर जारी, शीर्ष नेताले कसले कहाँबाट गरे मतदान ?




स्थानीय तहको निर्वाचन : मतदान देशभर जारी, शीर्ष नेताले कसले कहाँबाट गरे मतदान ?


काठमाडौं, ३० वैशाख ।  स्थानीय तहको निर्वाचनको मतदान देशभर जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा शिर्ष नेताहरुले समेत गरिसकेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवादेखि अधिकांश शीर्ष नेताहरुले मतदान गरिसकेका छन्।

देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर नगरपालिकाबाट मतदान गरेका छन्। यस्तै, समाजवादीका सम्मानित नेता झलनाथ खनालले सूर्योदय नगरपालिका ९ रमफोकको शारदा आधारभूत विद्यालयमा मतदान गरेका छन्।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाद्वारा मोरङ विराटनगर महानगरपालिका–७ स्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन्। महामन्त्री शर्माले मेचीनगर नगरपालिका ९ स्थित कवि शिरोमणि मावि खुट्टेडाँगी (क) मतदान केन्द्रबाट मतदान गरेका छन्।

अर्का महामन्त्री गगन थापाले काठमाडौंको मैतिदेवी मन्दिर पूर्व मतदान केन्द्रमा गएर मतदान गरेका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च माविस्थित केन्द्र (क) पुगेर मतदान गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले हल्दिबारी गाउँपालिका १ स्थित वडा कार्यालय गोलधाप (ख) मतदान गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले मतदान गरेका छन्। उनले गोरखाको पालुङटार नगरपालिका १ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारी स्थित परोपकार आदर्शबाट मतदान गरेका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले कामपा १६ बाट मतदान गरेकी छन्। उनीसँगै काँग्रेसका नेता प्रकाशमान सिंहले पनि मतदान गरेका छन्।

काठमाडौं महानगरपालिका उपमेयर उमेदवार सुनिता डङ्गोलले मतदान गरेकी छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर–७ राम्जाको पशुपति मावि केन्द्रबाट मतदान गरेका छन्।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नरपालिका ४ कुविण्डमा मतदान गरेका छन्। कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ व्यास नगरपालिका-२ सत्यवती माध्यमिक विद्यालय केन्द्र ‘ख’बाट मतदान गरेका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन्। काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदान स्थलबाट मतदान गरेका छन्।

अधिकांश शिर्ष नेताहरुले मतदान गरिसकेको भएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे मतदान गर्ने तय भएको छ। 




यसमा तपाइको मत


Comments