13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु




स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु


काठमाडौं, ३० वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमूलमा शुक्रबार जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई थप उपचारका लागि पोखरा पठाइएको छ । 
स्याङजा प्रहरीका अनुसार ग २ च ३०२६ नम्बरको डबल क्याप पिकअप भ्यान सडकबाट डेढसय मिटर तल खसेर दुर्घटना भएको हो ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा जीप सडकबाट खसेको थियो । वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाको नेतृत्वको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका थिए । निर्वाचनको दिन भएकाले प्रहरी जनशक्ति कम हुँदा उद्धारमा कठिनाइ भएको थियो ।



Related News


यसमा तपाइको मत


Comments