08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य




आईओसीले फेरि बढाएर पठायो इन्धनको मूल्य

काठमाडौं, २ जेठ ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि इन्धनको मूल्य बढाएर पठाएको छ।  आईओसीले सोमबार नेपाल आयल निगमनलाई पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ बढेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार डिजेलमा ४ रुपैयाँ तथा हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले खरिद गर्ने प्रशोधित तेलको मूल्यसमेत बढेको निगमले जनाएको छ। ‘निगमले आईओसीसँग खरिद गर्ने प्रशोधित तेलको मूल्य वृद्धिसँगै निगमको नोक्सानी थप बढेको छ’, उपाध्यायले भने, ‘पछिल्लो ५ महिनामा आईओसीबाट प्राप्त हुने मूल्यसूची उच्च दरले बढेको छ।’

यो अवधिमा पेट्रोलमा प्रतिलिटर ४५ रुपैयाँ, डिजेलमा ६२ रुपैयाँ, मट्टीतेलमा ४०, हवाई इन्धनमा ५७ रुपैयाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २ सय ८० रुपैयाँ बढेको निगमले जनाएको छ। 

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १११ डलरको हाराहारीमा कारोबार भइरहेको छ।



Related News


यसमा तपाइको मत


Comments