07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजदेखि बजेट अधिवेशन




आजदेखि बजेट अधिवेशन

काठमाडौं, ३ जेठ ।  संघीय संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदैछ। आज अपराह्न ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ। ढिलागरी अधिवेशन आह्वान भएकाले यसपटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम निलम्बन गरेर अघि बढाउने तयारी गरिएको छ। 

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १४२ (४) ले सदनमा बजेट पेसभन्दा कम्तीमा १५ दिनअघि प्रि–बजेट छलफल सक्नुपर्ने व्यवस्था गरेको छ। जेठ ३ देखिमात्र अधिवेशन प्रारम्भ हुने भएपछि नियमावलीले तोकेको उक्त समयसीमा पूरा नहुने भएकाले नियम निलम्बन गर्ने तयारी गरिएको हो।

स्थानीय तह निर्वाचनका कारण यसपालिको बजेट अधिवेशन केही ढिलागरी सुरु हुन लागेको हो। विगतका वर्षमा बजेट अधिवेशन वैशाख तेस्रो सातासम्म सुरु भइसक्थ्यो। अधिवेशन सुरु भएसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गरिने तयारी भइरहेको छ।  आजको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्नेछन्। जेठ ४ र ५ गते छलफल हुनेछ। 

यस्तै सचिवालयले जेठ ७ गते संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ। सरकारका तर्फबाट राष्ट्रपतिले नीति कार्यक्रम पेस गर्ने व्यवस्था छ। 



Related News


यसमा तपाइको मत


Comments