16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मूल्य बृद्धिको सर्वत्र बिरोध, पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न माग




मूल्य बृद्धिको सर्वत्र बिरोध, पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौं, ३ जेठ ।नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गिय तथा मोर्चा संगठन र ३ नम्बर प्रदेश कमिटीले आज नेपाल आयल निगममा धर्ना दिँदैछ । निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न माग गर्दै धर्ना दिन लागेको हो ।

निगमले प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको थियो । सरकारले गत शनिवार रातिबाट लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० पुगेको छ भने डिजेलर मिट्टतेलको खुद्रा मूल्य प्रतिलिटर १५३ पुगेको छ ।

यसैगरी, नेपाल उपभोक्ता संरक्षण महासंघ (एफएनसीपी) ले पत्रकार सम्मेलन गर्दैछ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विषयलाई लिएर महासंघले पत्रकार सम्मेलन गर्न लागेको हो ।

 




यसमा तपाइको मत


Comments