13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लमजुङकाे दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी विजयी




लमजुङकाे दोर्दी गाउँपालिकाको अध्यक्षमा युवराज अधिकारी विजयी

काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत लमजुङकाे दोर्दी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार युवराज अधिकारी ४,७३८ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार लालबहादुर गुरुङलाई ८७ मतान्तरले पराजित गरेका हुन् । पराजित लालबहादुर गुरुङले ४,६५१ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार विच्छबहादुर घले निर्वाचित भएका छन् । उनले  ४९५८ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी  नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उषा गुरुङले  ४१९० मत ल्याएकी छन् । 

लमजुङको दोर्दी गाउँपालिकामा कूल जनसंख्या १५,६३९ रहेको छ भने कुल मतदाता संख्या १५,०८४ रहेको छ । जसमा ७,५५२ पुरुष र ७,५३२ महिला रहेका छन् । यस गाउँपालिकामा ९ वडा छन् ।




यसमा तपाइको मत


Comments