07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

उपत्यका लगायत देशका धेरै स्थानमा विहानैदेखि मेघ गर्जनसहित वर्षा




उपत्यका लगायत देशका धेरै स्थानमा विहानैदेखि मेघ गर्जनसहित वर्षा

काठमाडौं, ८ जेठ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।  

आइतबार दिउँसो सम्म देशभर आंशिकदेखि  सामान्य बदली  रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग  र  हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।




यसमा तपाइको मत


Comments