08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नवलपरासीमा अदालतभित्रै चल्यो गोली




नवलपरासीमा अदालतभित्रै चल्यो गोली

काठमाडौं, २३ जेठ । जिल्ला अदालत नवलपरासी (पश्चिम) मा सोमबार गोली चलेको छ। सरावल गाउँपालिका ४ का हंशराज यादवले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ । 
गोली प्रहारपछि उनी खालि खुट्टै भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अंश मुद्दाको विषयमा छलफल गर्न अदालतमा उपस्थित भएका हंशराज र रोशनी यादवको बिचमा विवाद भएपछि उनले गोली हानेका थिए। रोशनी हंशराजकी काकी हुन्। तर गोली भने कसैलाई पनि लागेन।



Related News


यसमा तपाइको मत


Comments