15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आँबुखैरेनी सडक पहिरोमा मृतकमध्ये एक जनाको सनाखत




आँबुखैरेनी सडक पहिरोमा मृतकमध्ये एक जनाको सनाखत

तनहुँ, २६ जेठ । पृथ्वी राजमार्ग तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका २ शवमध्ये एउटाको पहिचान खुलेको छ ।  इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आँबुखैरेनी गाउँपालिका–४ ड्यामसाइडमा कारसँगै गोरखाका केशव घिमिरेको शव भेटिएको हो ।
गोरखाको सिरानचोक गाउँपालिका छोप्राक स्थायी घर भई हाल आँबुखैरेनी गाउँपालिका २ मा बस्दै आएका ३५ वर्षीय घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको थियो । एउटा शवको भने पहिचान भएको छैन ।



Related News


यसमा तपाइको मत


Comments