21 Ashad, 2079 / 5 July , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशको दश महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)




देशको दश महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)


काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८७  प्रतिशत रहेको देखिन्छ । 

उक्त तथ्यांक अनुसार यस अवधिमा आयात २८.० प्रतिशतले र निर्यात ५९.८ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर रहेको छ । विस्तृत मुद्राप्रदाय ३८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.६ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १६.६  प्रतिशत रहेकोछ ।

हेर्नुहोस्, विस्तृतमा

 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti