08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच ?




सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, ३० जेठ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । जेठ ३० गते, सुन तोलामा ३०० रुपैयाँले घटेको छ । यसैगरी चाँदी प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँमा झरेको छ । साताको पहिलो दिन भने सुनको भाउ उच्च रुपले वृद्धि भएको थियो । त्यस दिन सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेर प्रतितोला ९९ हजार २०० रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ पनि आज सस्तिएको छ । साताको दोश्रो दिन,चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार २६५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, सुनसँगै चाँदीको भाउ पनि वृद्धि भएको थियो । आइतबार भने चाँदी तोलामा १५ रुपैयाँले नै बढेको थियो । हिजो चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री भयो ।



Related News


यसमा तपाइको मत


Comments