13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने दोस्रो देश रुस 




भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने दोस्रो देश रुस 

एजेन्सी । भारतलाई सबैभन्दा बढी तेल बिक्री गर्ने देशको सूचीमा रुस दोस्रो स्थानमा उक्लिएको छ।  युक्रेनमाथिको आक्रमणपश्चात अन्तर्राष्ट्रिय प्रतिबन्धहरुका बाबजुत भारतलाई अधिक तेल बिक्री गर्ने देशको सूचीमा साउदी अरबलाई पछि पार्दै रुस दोस्रो ठूलो देश बनेको हो। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा इरान अहिले पनि पहिलो स्थानमा छ। समाचार एजेन्सी रोयटर्सका अनुसार रुसबाट छुटमा तेल खरिद गर्ने भारतीय रिफाइनरीले मे महिनामा मात्रै २।५ करोड ब्यारेल तेल आयात गरेका छन्। जुन कुल आयातको १६ प्रतिशत हो। 

यो वर्षको अप्रिल महिनामा सामुद्रिक मार्ग हुँदै भारत भित्र्ने कुल कच्चा तेल आयातमा रुसको हिस्सा ५ प्रतिशत रहेको छ। जुन गत वर्ष र सन् २०२२ को पहिलो त्रैमासमा १ प्रतिशत तल थियो।
 



Related News


यसमा तपाइको मत


Comments