16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रीलंकामा खाद्यसंकटः खेती गर्न कर्मचारीलाई हप्तामा थप १ दिन बिदा




 श्रीलंकामा खाद्यसंकटः खेती गर्न कर्मचारीलाई हप्तामा थप १ दिन बिदा

एजेन्सी । श्रीलंकामा खाद्यान्न अभाव हुन नदिन सरकारले कर्मचारीलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले सातामा थप १ दिन छुट्टी दिने भएको छ। 
श्रीलंकामा सरकारी सेवामा झन्डै १० लाख कर्मचारी छन्। २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले विगत ७० वर्षयताको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका बेला त्यस्तो कदम चाल्न लागिएको छ।

विदेशी मुद्राको चरम अभावका कारण श्रीलंकाले खानेकुरा, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्न संघर्ष गर्नुपरिरहेको छ। सरकारले आगामी ३ महिनासम्म सरकारी सेवामा रहेका कर्मचारीलाई प्रत्येक साता शुक्रबार पनि सार्वजनिक छुट्टी दिने प्रस्तावमा सहमति जनाएको थियो।

इन्धन संकटका कारण काममा जानआउन कठिनता व्यहोरिरहेका कर्मचारीलाई आफू र परिवारजनलाई खानका निम्ति फलफूल र तरकारीहरु उत्पादन गर्नसमेत सहयोग गर्ने उद्देश्यले थप छुट्टी दिने निर्णय गरिएको सरकारले जनाएको छ। ‘सरकारी कमर्चारीहरुलाई सातामा थप एकदिन छुट्टी दिन र भविष्यमा हुन सक्ने खाद्य अभावको अवस्थाको समाधान खोज्ने आफ्ना करेशाबारी वा अन्यत्र कृषि गतिविधिमा लाग्नका निम्ति आवश्यक सुविधा प्रदान गर्नु उचित देखिएको छ’, सरकारले उसको आधिकारिक समाचार पोर्टलमा जारी गरेको वक्तव्यमा उल्लेख छ।



Related News


यसमा तपाइको मत


Comments