11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृति गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो




भैरहवामा खुल्यो श्रम कार्यालय, श्रम स्वीकृति गर्न काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौं, १ असार । रूपन्देहीको भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा खुलेको छ । विदेश जानेहरूका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । योसँगै श्रम स्वीकृतिका लागि अब काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्‌घाटन गर्दै मेनपावर कम्पनीहरूलाई भैरहवामा कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले भैरहवाको कार्यालयबाट कतार जाने अस्कर अली मियाको श्रम स्वीकृति गरेर कार्यालयको उद्‌घाटन गरेका हुन् ।  भैरहवाबासीको वर्षौंदेखिको सपना पूरा गर्न कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि परेको उनले बताए ।

भैरहवामा कार्यालय खोलेर मात्रै नहुने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरिदिनुपर्ने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले कार्यालयको कामलाई सहज ढंगले अगाडि बढाउन  मेनपावर कम्पनी पनि आश्यक रहेकाले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकाले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरू खोल्न तयार हुने बताए । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कुवेतको जजिरा एयरले हप्तामा तीन दिन उडान गरिरहेको छ । 



Related News


यसमा तपाइको मत


Comments