21 Ashad, 2079 / 5 July , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने म्यानपावर कम्पनीमा विभागको छापा




मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने म्यानपावर कम्पनीमा विभागको छापा

काठमाडौं, २ जेठ । मागपत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।  अल अस्मास कम्पनी प्रालिले माग पत्र प्रमाणीकरण विनै कुवेत पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको पाइएपछि विभागले छापा हानेको हो । 

कुवेतको केएफसी कम्पनीमा पठाउने भनी अन्तर्वार्ता भइरहेको सूचनाको आधारमा बुधबार वैदेशिक रोजगार विभागले गरेको आकस्मिक अनुगमनमा कुवेतबाट केएफसी भन्ने कम्पनीबाट कुनै कामको माग नआए पनि झण्डै एक सय जनाको अन्तर्वार्ता भइरहेको पाइएको विभागले जनाएको छ । 

विभागका अनुसार अल अस्मास म्यानपावर कम्पनीले कुवेतको केएफसी कम्पनीबाट कुनै पनि कामको माग पनि नल्याएको र पूर्व स्वीकृति पनि लिएको छैन । 

माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति बिनै म्यानपावरले एक सय भन्दा बढी व्यक्तिलाई कुवेत पठाउने भन्दै अनाधिकृत रूपमा अन्तर्वार्ता लिएको छ ।

अनुगमनमा खटिएको विभागको टोलीले विभिन्न कागजातहरू बरामद गरेको छ । म्यानपावर कम्पनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको विभागले जनाएको छ । 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti