07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाढीपहिरोः डुम्रे–बेसीशहर सडक अवरुद्ध




बाढीपहिरोः डुम्रे–बेसीशहर सडक अवरुद्ध


काठमाडौं, ५ असार । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत लमजुङस्थित बेसीशहर नगरपालिका वडा नं.१ उदिपुर नजिकै  आइतबार बिहान सडक माथिबाट पहिरो आएको र तलबाट सडक नरहने गरी भाँसिएर जाँदा सडक अवरुद्ध भएको हो । 
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गत वर्ष नै कालोपत्रे सडक पहिराले लगेको थियो, सो पश्चात् अस्थायी ट्र्याक खोलेको सडक बाढी पहिराले सडकको नाम निशानै नरहने गरी बगाएको छ । सडक अवरुद्ध हुँदा बेसीशहरबाट जाने र बाहिरी जिल्लाबाट आउने कुनै पनि सवारी साधन चल्न सकेको छैन । 
यस स्थानमा गत वर्ष समेत ठूलो पहिरा गएको थियो । सो स्थानबाट हाल पहिरा जाँदा ५०० मिटर भन्दा अग्लो र करिब ३० मिटर लम्बाइको सडक बगाएको बताइएको छ । सडक तल मर्स्याङ्दी नदीले खोतलेको थियो भने, माथि भीर नै भाँसिदा सडक अस्थायी सडक पनि सबै बगेको स्थानीयको भनाई छ ।

बेँसीशहरबाट यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतका शहरमा जाने र विभिन्न स्थानबाट बेँसीशहर आउने सवारी साधन सडक अवरुद्धका कारण थप्प भएको छ ।



Related News


यसमा तपाइको मत


Comments