16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची




राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, ८ असार ।   आज राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो १  बजे बैठक बस्ने भएकाे हाे।  बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात,परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमा छलफल हुनेछ। 

बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवराेध गरेपछि सोही कार्यसूची आजका लागि सारिएको हो।




यसमा तपाइको मत


Comments