21 Ashad, 2079 / 5 July , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रवि लामिछानेको पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी




रवि लामिछानेको पार्टीको राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, ८ असार । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।

बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा स्वतन्त्र उम्मेदवारी अभियानले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । 

अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरीमा पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नहुने माग गरिएको छ । रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए ।

एउटा समूह निवेदन लिएर आएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti