15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, एक महिनामै ५७ हजारले लिए श्रम स्वीकृति




वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो, एक महिनामै ५७ हजारले लिए श्रम स्वीकृति

काठमाडौं, ९ असार । नेपालबाट रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या बढ्दै गएको  छ । वैदेशिक रोजगार विभागको तथ्यांक हेर्ने हो भने पनि एक महिनामा वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिनेको संख्या ३०.३३ प्रतिशतले बढेको छ । 
विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको तुलनामा जेठ महिनामा वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिनेको संख्या ३०.३३ प्रतिशतले बढेको हो । जेठ महिनामा ५७ हजार ७८३ जनाले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् । गत बैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका थिए । 

विभागका अनुसार श्रम स्विकृति लिएकाहरुमध्ये ५० हजार २६९ जना पुरुष र ७ हजार ५१४ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् । यस अवधिमा मलेसियाका लागि पहिलो श्रम स्वीकृृति लिनेहरुको संख्या सबैभन्दा बढी रहेको छ । 

विभिन्न मेनपावरबाट मलेसिया जानका लागि १९ हजार २३८ जनाले पहिलो श्रम स्विृकृति लिएका हुन् । वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिने दोस्रो देशमा साउदी अरेबिया रहेको छ यस अवधिमा साउदी जानका लागि ६ हजार १५८ जनाले पहिलो श्रम स्विकृति लिएका हुन् । 

यस्तै, साइप्रस जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४ सय रहेको छ भने बु्रनाइका पहिलो श्रम स्वीकृति लिनेको संख्या २१५ रहेको छ । त्यसैगरी, वैदेशिक रोजगार विभागबाट पहिलो स्वीकृति लिइ अल्बानिया जानेहरुमा ८५५ जना रहेका छन् । जापान जान पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ६९, जोर्डनका लागि ८ जना र बहराइन जानेमा १ हजार २६२ जनाले पहिलो श्रम स्वीकृति लिएको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार कुवेत जानका लागि श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ४९३ रहेका छन् । त्यसैगरी ओमानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ४०६ जना, कतारका लागि ५ हजार २३६ जना, मौरिससका लागि १५० जना, रोमानियाका लागि २ हजार २३२ जना रहेका छन् । युएई जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ५८१ जना रहेका छन् । 

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएकाहरुमा २९ हजार ३८२ जना रहेका छन् जसमा पुरुष २६ हजार ३९ जना र महिला ३ हजार ३४३ जनाले अन्तिम स्वीकृति लिएका हुन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिप नभएका कामदारहरुको संख्या ६२ हजार ३४९ रहेको छ, जसमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या १०, पेशागत कामदारको संख्या ४५, अर्धदक्ष कामदारको संख्या ४ हजार ७ सय सिप युक्त कामदारको संख्या ३२ हजार ६३१ र सिप नभएका कामदारहरुको संख्या १९ हजार १९३ रहेको तथ्याङकमा उल्लेख छ । 



Related News


यसमा तपाइको मत


Comments