12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रीलंकाको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार




श्रीलंकाको सुधार गृहबाट ६०० भन्दा बढी कैदी फरार

एजेन्सी । दुई कैदी समूहहरूबीच झगडा भएपछि मध्य श्रीलंकाको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६०० भन्दा बढी कैदी फरार भएका छन्। श्रीलंकाको प्रहरीले घटनाको पुष्टि गरेको छ।

प्रहरी प्रवक्ता निहान थल्दुवाले भने, ‘सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर भागेका कैदीहरूको खोजी सुरु गरिएको छ।' उक्त सुधार गृहमा करिब एक हजार कैदी राखिएका थिए। 

सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलंकालाई अझै पनि पिरोलेको छ। यसले गर्दा देशभरि खाद्यान्न, औषधि, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ। 



Related News


यसमा तपाइको मत


Comments