12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विदेशीने श्रमिक महिलाको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गरिने




विदेशीने श्रमिक महिलाको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गरिने

काठमाडौं, १७ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरूलाई घरेलु कामको लागि विदेश पठाउने विषयमा सम्बन्धित विभिन्न निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताएका छन् । 

घरेलु काममा विभिन्न माध्यमबाट गैर कानुनी माध्यमबाट जाने महिलाहरूले समस्या भोग्न परेको गुनासो आएको भन्दै मन्त्री कुँवरले आफूले महिलालाई सुरक्षाको प्रत्याभूत हुने गरी खाडीका देशमा घरेलु काममा पठाउन पहल गर्ने बताएका हुन् । 

मन्त्रालयमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को बधाई तथा शुभकामना दिन पुगेको टोलीसँग छलफल गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या नहोस् भनेर विभिन्न पक्षसँग छलफल गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे । 

बधाई तथा शुभकामना दिँदै अनेमसंघ समाजवादीका अध्यक्ष जयन्ती राईले वैदेशिक रोजगारीमा गएका महिलाका समस्या र जान भइरहेका  झन्झटिला प्रक्रियाका बारेमा मन्त्री कुँवरलाई जानकारी गराएका थिए । श्रम मन्त्री कुँवरले महिलाले भोगेका समस्या समाधानका लागि सबैको साथ सहयोग र सुझाव लिएर  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 



Related News


यसमा तपाइको मत


Comments