07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यस्तो रहनेछ सोमबारको मौसम




यस्तो रहनेछ सोमबारको मौसम

काठमाडौं, २० असार । अहिले देशका केही क्षेत्रमा वर्षा भइरहेको छ। हाल देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

सोमबार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेश एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। 

आगामी २४ घण्टा देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने विभागले जनाएको छ। 
 




यसमा तपाइको मत


Comments