13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पालिका चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता




पालिका चुनावमा खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता

काठमाडौं, २१ असार । निर्वाचन आयोगले पालिका चुनाव–२०७९ मा खर्च नभएको १ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार खर्च नभएको डेढ अर्ब रुपैयाँ फिर्ता भएको हो । खर्च नभएको रकम अझै बढ्न सक्ने आयोगको अनुमान छ ।
आयोगले पालिका चुनावका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट  सुनिश्चित गरेको थियो । अहिलेसम्म ६ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको देखिएको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये बाजुराको बूढीगङ्गामा स्थगित भएको चुनाव पर्सि हुँदैछ ।

वैशाख ३० गते मतदानका क्रममा विवाद भए पछि बसेको सर्वदलीय बैठकमा असार २३ गते चुनाव गर्ने सहमति भएको थियो । यसअघि २०७४ सालमा तीन चरणमा भएको चुनावमा झन्डै सात अर्ब रुपैयाँ खर्च भएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता पौडेलका अनुसार यसपालि निर्वाचन सामग्री खरिद र ढुवानीमा मितव्ययीता तथा मतदाता शिक्षामा घरदैलो नगर्दा विगतमा भन्दा केही खर्च घटेको हो ।
 




यसमा तपाइको मत


Comments