31 Shrawn, 2079 / 16 August , 2022
काठमाडौं, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा २५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । घाइतेहरुको उद्दार कार्य जारी छ ।