16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो(अपडेट)




रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो(अपडेट)

काठमाडौं, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनाम हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। 

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो।  अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताए। ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।  बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए। दुर्घटनामा २१ जना घाइते छन्।



Related News


यसमा तपाइको मत


Comments