12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युक्रेनको कारागारमा भएको आक्रमणमा आवश्यक उद्धार गर्न आईसीआरसीको प्रस्ताव




युक्रेनको कारागारमा भएको आक्रमणमा आवश्यक उद्धार गर्न आईसीआरसीको प्रस्ताव

एजेन्सी । युक्रेनी युद्धबन्दीलाई राखिएको ठाउँमा भएको आक्रमणमा परि घाइते भएकाको उद्धार गर्न रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले प्रस्ताव गरेको छ ।

रुस समर्थित पृथकतावादीको कब्जामा रहेको डोनेट्स्क प्रान्तको फ्रन्टलाइन सहर ओलेनिभकाको जेलमा भएको आक्रमणमा ४० कैदीबन्दीको ज्यान गएको छ भने ७५ जना घाइते भएका छन् ।

रुसले युक्रेनमा आक्रमणका घटना बढाउँदै लगेको अवस्थामा अन्य कारागारका कैदीबन्दी समेत सुरक्षित नभएको भन्दै आईसीआरसीले घाइतेहरूको उद्धार गर्न प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनामा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाएका छन् ।

आईसीआरसीले घाइतेलाई बाहिर निकाल्न र उपचार तथा अन्य सुरक्षा उपकरण सहयोग गर्ने प्रस्ताव पनि गरेको छ । आईसीआरसीले अन्य मानवीय सहायताका लागि विभिन्न दातृ निकायसँग पनि आग्रह गरेको छ । रुसले युक्रेनको पूर्वी र उत्तरी क्षेत्रमा आक्रमण तीव्र पारेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments