16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको मूल्य बढ्यो




सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १५ साउन । सुनचाँदीको भाउ आइतबार वृद्धि भएको छ । साउन १५ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो । आइतबार चाँदी पनि तोलामा १० रुपैयाँले महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ पुगेको छ ।

लगातार तीन कारोबार दिन यता सुनको भाउ उकालो लागिरहेको छ । तीन दिनमा सुन एक हजार ८०० रुपैयाँले बढोत्तरी भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन, सुन प्रतितोला ८०० रूपैयाँले महंगिदा ९५ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी आज चाँदीको पनि मूल्य वृद्धि भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार पनि चाँदी महंगिएको थियो । त्यस दिन, चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार २२० रुपैयाँ पुगेको थियो । चाँदी निरन्तर चौथो दिन उकालो लागेको हो ।




यसमा तपाइको मत


Comments