13 Ashwin, 2080 / 30 September , 2023
काठमाडौं, १६ साउन । काठमाडौं काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका– २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।
पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।