31 Shrawn, 2079 / 16 August , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यी १७ अस्पतालमा कोरोनाको निःशुल्क उपचार




यी १७ अस्पतालमा कोरोनाको निःशुल्क उपचार

काठमाडौं, १७ साउन । कोरोना महामारी नियन्त्रणका लागि सरकारले देशका १७ वटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको निःशुल्क उपचारबापत सम्बन्धित अस्पताललाई अनुदान दिने व्यवस्था गरिएको हो। 

गत असार ३१ गतेको निर्णयानुसार कोरोना संक्रमणको मध्यम अवस्था मोडरेट केस र गम्भीर अवस्था सिभियर केसका बिरामीले तोकिएका १७ अस्पतालमा उपचार गर्दा शुल्क तिर्न नपर्ने मन्त्रालयले जनाएको छ।

यसरी कोरोना संक्रमितको निःशुल्क उपचार गरिने अस्पतालमा प्रदेश–१ को विराटनगरस्थित कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तोकिएको छ। 

यसैगरी मधेश प्रदेशमा जनकपुरको जनकपुर प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुनेछ। 

त्यसैगरी बागमती प्रदेशमा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पताल, ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि कोरोनाको निःशुल्क उपचारका लागि तोकिएको छ। 

गण्डकी प्रदेशमा पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङको धौलागिरि अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ। 

यस्तै कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगरमा रहेको सुर्खेत प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुनेछ। सुदूरपश्चिम प्रदेशमा डडेलधुरास्थित डडेलधुरा अस्पताल र कैलालीमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने अस्पतालका रूपमा तोकिएको छ। 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti