07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ताइवाननजिकै चीनको सैन्य अभ्यास




ताइवाननजिकै चीनको सैन्य अभ्यास

एजेन्सी । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै चीनले ताइवाननजिकै सैन्य अभ्यास सुरु गरेको छ। चीनको सैन्य अभ्यासलाई जी७ मुलुकहरुले विरोध गरेका छन् भने आसियन मुलुकले भने समर्थन गरेका छन्। 

बुधबार नै जी ७ का विदेशमन्त्रीहरुको बैठकले ताइवान नजिकै चीनले घोषणा गरेको सैन्य अभ्यासको विरोध गरेका हुन्। उनीहरुले चीनको सैन्य अभ्यासले ताइवान खाडीको अन्तर्राष्ट्रिय सन्तुलन, शान्ति र स्थायित्वमा असर पार्ने बताएका छन्। 

यस्ता गतिविधिले अनावश्यकरुपमा तनाव बढाउने जी७ का विदेशमन्त्रीहरुको निष्कर्ष छ। उनीहरुले चीनलाई शान्तिपूर्ण बाटोबाट यो विवाद सुल्झाउन आग्रहसमेत गरेका छन्। उनीहरुले आफूहरु ताइवान क्षेत्रमा शान्ति तथा स्थायित्व कायम राख्नको लागि लागिरहने बताएका छन्। 
 



Related News


यसमा तपाइको मत


Comments