07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय




मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं, १९ साउन । सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठक मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनको बुधबारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो। निर्वाचन आयोगले असार २२ गते देउवालाई भेटेर मंसिर ४ गते चुनाव गर्न सुझाव दिएको थियो। उक्त सुझाव दिएको एक महिनापछि सरकार चुनावको मिति तोक्ने तयारीमा छ। देउवाले केही दिनअघि नै चुनावको मिति तोक्ने तयारी गरे पनि गठबन्धनमा सहमति हुन नसकेपछि चुनावको मितिबारे सरकार अनिर्णित थियो।




यसमा तपाइको मत


Comments