13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

क्यानाडा पठाइदिने भन्दै सात लाख ठगी




क्यानाडा पठाइदिने भन्दै सात लाख ठगी

काठमाडौं, २० साउन । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१ की ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्। 

डोमाले रत्न बहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जानको लागि जम्मा रु १४ चौध लाख रुपैयाँ लाग्छ। क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु २ लाख भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट सात लाख रुपैयाँ रकम लिइ सम्पर्क विहीन भएकी थिइन्। 

वैदेशिक रोजगार विभागबाट प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउका लागि गरिएको पत्राचारका आधारमा सो कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका अत्तरखेलबाट पक्राउ गरेको हो।  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाइएको प्रहरीले जनाएको छ।
 



Related News


यसमा तपाइको मत


Comments