16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप ९१२ जनामा कोरोना संक्रमण




थप ९१२ जनामा कोरोना संक्रमण

काठमाडौं, २० साउन ।  पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप एकजनाको मृत्यु भएको छ । आज तीनसय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




यसमा तपाइको मत


Comments