31 Shrawn, 2079 / 16 August , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

निर्वाचनका लागि दल दर्ता आह्वान(विज्ञप्तिसहित)   




निर्वाचनका लागि दल दर्ता आह्वान(विज्ञप्तिसहित)   

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता आह्वान गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आयोगले आह्वान गरेको हो ।     
 यही साउन १९ गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दलले संविधानको धारा २७१ बमोजिम निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सक्नेछन् । दल दर्ताको निवेदनको ढाँचा आयोगको वेब–साइटबाट लिन सकिने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्नेछ ।     
 दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेस गर्नुपर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निवेदन दिनुपर्ने व्यवस्था गरिएको बताए । 

 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti