06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारी: नेपाली कामदारलाई सामाजिक सुरक्षा दिन सचिवालयको आग्रह




वैदेशिक रोजगारी: नेपाली कामदारलाई सामाजिक सुरक्षा दिन सचिवालयको आग्रह

काठमाडौं, २४ साउन । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सम्बन्धित मुलुकको सामाजिक सुरक्षा कार्यक्रममा समेट्न वैदेशिक रोजगार बोर्डको सचिवालयले रोजगारदातालाई आग्रह गरेको छ।

मलेसियाका रोजगारदाताले भने नेपाली कामदारलाई सामाजिक सुरक्षाको सुनिश्चितता गरिसकेको सचिवालयका कार्यकारी प्रमुख राजनप्रसाद श्रेष्ठले बताए । त्यस्तै, अब श्रम सम्झौता हुने मुलुकहरूसँग पनि सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्ने उनको भनाइ छ । कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सलगायका रोजगारदाताहरूसँग यस विषयमा छलफल भइरहेको उनले बताए ।  

मध्यपूर्वका मुलुकमा अदक्ष र अशिक्षित नेपाली कामदारहरू जोखिममा पर्ने गरेका छन् । सम्बन्धित मुलुकको नियम–कानुन र भाषा नजान्दा कतिपय कामदारहरूले ज्यानै गुमाउनुपरेको छ भने कतिपय अशक्त भएका छन् ।



Related News


यसमा तपाइको मत


Comments