14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सेवाग्राहीसँग घुस माग्ने मोहन्यालका अधिकृतविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर




सेवाग्राहीसँग घुस माग्ने मोहन्यालका अधिकृतविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

काठमाडौं, २९ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार क्षेत्रीलाई रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा १ साउनमा पक्राउ गरिएको हो । 

अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्न  सेवाग्राहीसँग घुस मागी गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार साथबाट बरामद भएको पुष्टि भएको अख्तियारले जनाएको छ । निजविरुद्ध ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।  




यसमा तपाइको मत


Comments