12 Ashwin, 2079 / 28 September , 2022

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न देउवाको निर्देशन




आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न देउवाको निर्देशन

काठमाडौं, ३० साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् । सोमबार सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको बताएका हुन्। 

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। उनले आगामी निर्वाचनमा गठबन्धन कायम हुने बताए।

उनले गठबन्धन छदैछ त्यसै निर्वाचन जितिन्छ भन्ने भ्रममा नपर्नसमेत आग्रह गरे।  उनले जनताभन्दा ठूलो अरु कोही नभएकाले जनभावना अनुसार काम गर्नुपर्ने धारणा राखे। उनले भने, ‘जनताभन्दा ठूलो अरु कोही छैन। जनताको विश्वास लिन जनतामाझ जानुहोस्।’
 


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti